मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २३ शुक्रबार ०८:१८:००
Read Time : < 1 मिनेट
समाचार

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २३ शुक्रबार ०८:१८:००

पूर्वी नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार राति एक जनाको मृत्यु भएको छ । 

दलदले–धौवादी भित्री सडक खण्डअन्र्तगत देवचुली नगरपालिक-७ गाबिस चोकमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कावासोती १७ चिसापानी बस्ने २७ वर्षीय लालबहादुर रानाको उपचारको क्रममा मृत्यु भएको हो।

उत्तरबाट दलदलेतर्फ आउँदै गरेको ना १४ प ५११६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको दायाँ भागको नालामा खस्दा उनी गम्भीर घाइते भएका थिए । रानाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले बताए । मृतकको पोष्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।