मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १६:२३:००
Read Time : < 1 मिनेट
समाचार

फरार प्रतिवादी एक दशकपछि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १६:२३:००

नवजात शिशुको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २० वर्ष कैद फैसला दाेषीलाई १० वर्षपछि पक्राउ गरेका छ । बाँफिकोट गाउँपालिका, ७ मग्माका ४७ वर्षीय डम्बर खत्रीलाई प्रहरीले आइतबार गाउँबाटै पक्राउ गरेको हो । 

गाउँकै घिउकुमारी परियारसँगको अबैध सम्बन्धबाट २०६५ जेठ २३ गते जन्मिएको नवजात शिशुको हत्या गरेकोमा अदालतले २०६६ असोज २३ गते २० वर्ष कैदको फैसला सुनाएको थियो । घटनापछि खत्री फरार भएका थिए । प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले घटनाको १० वर्षपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । 

गाउँमै लुकेर बसेको सूचनाका आधारमा खत्रीलाई पक्राउ गरिएको हो । घटनामा दोषी रहेको भन्दै खत्री र घिउकुमारीलाई अदालतले समान सजाय सुनाएको थियो । घिउकुमारीले भने सुरुबाटै कैद भुक्तान गरिरहेकी छन् । खत्रीलाई अदालत बुझाउने प्रहरीले जनाएको छ । 

अदालतले कैद फैसला गरेका धेरै प्रतिवादी फरार रहेको र उनीहरुको खोजी तिव्र पारिएको प्रहरीले बताएको छ ।