१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण २२ बिहीबार १२:२४:००
Read Time : < 1 मिनेट
विश्व

संयुक्त राष्ट्र संघका पूर्वमहासचिवको निधन 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २२ बिहीबार १२:२४:००

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ज्याभियर पेरेज डी कुइलरको १०० वर्षको उमेरमा बुधबार निधन भएको छ । उनी संयुक्त राष्ट्र संघका पाँचौं महासचिव हुन् । उनका छोरा फ्रान्सिस्को पेरेजले पेरुस्थित निवासमा उनको निधन भएको बताएका छन् । 

उनले इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला सन् १९८१ देखि १९९१ सम्म संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका थिए । उनले युएनको महासचिवमा दुई कार्यकाल काम गरे । 

संयुक्त राष्ट्रसंघको महासचिव भएका बेला उनले शान्ति स्थापनाका लागि धेरै कामहरु गरेका थिए । उनकै कार्यकालमा सन् १९८८ मा अंगोला र मोजाम्बिकमा खटिएका शान्ति सेनाले नोबेल पुरस्कार पाएका थिए । 

ह्याभियर पेरुका पूर्व प्रधानमन्त्री पनि हुन् । १९२० मा पेरुको लिमामा जन्मिएका ज्याभियरले २० वर्षको उमेरदेखि पेरुको विदेश मन्त्रालयबाट कुटनीतिक जीवनमा प्रवेश गरेका थिए । उनी बेलायत, बोलिभिया, स्विट्जरल्यान्ड, पोल्यान्ड, भेनेजुएलाका लागि राजदूत बनेका थिए ।