१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण २२ बिहीबार ११:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गोरखा जिप दुर्घटना अपडेट : घाइतेको थप उपचारका लागि काठमाडौं लगियो

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २२ बिहीबार ११:०१:००

गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुस्थित धोरत जंगलमा बुधबार राति जिप दुर्घटनामा घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौ लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार काठमाडौको नर्भिक अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले बताए । 

दुर्घटनामा लमजुङ घर भएका धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा निशा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, केयरसिङ गुरुङ, सुरज नेपाल र शर्मिला गुरुङ रहेको एसपी अधिकारीले बताए । घाइतेमध्ये चालक बालचन्द्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।