१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार ०६:४५:००
Read Time : < 1 मिनेट
अर्थ

टीकापुरमा ग्लोबल आइएमई बैंकको बैंकिङ साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार ०६:४५:००

ग्लोबल आइएमई बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीम वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी सयजना सहभागी थिए । 

कार्यक्रममा निक्षेप, कर्जा लगानी र कर्जा सदुपयोग, आधुनिक बैंकिङ, डिजिटल बैंकिङ तथा मोबाइल बैंकिङ र रेमिट्यान्स कारोबारसम्बन्धी जानकारी दिइएको थियो । हाल बैंकले २ सय ७० शाखा, २ सय ४९ शाखारहित बैंकिङ सेवा, २ सय ५७ एटिएम र ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर तथा नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै, बैंकले अस्ट्रेलिया, युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डनलगायत देशबाट रेमिट्यान्स आप्रवाहमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ ।