Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १३:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

कार्यालय सहयोगीका भरमा चल्छ प्रशासन कार्यालय

प्रमुख सरुवा, निमित्त प्रमुख बिदामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १३:४१:००

पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालयमा पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवाग्राही गुनासो गर्दै फकिँदै थिए । गत १५ पुसमा कार्यालय प्रमुख मधुसुदन भट्टराई सरुवा भई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएपछि अहिले उक्त कार्यालय प्रमुख विहीन बनेको हो । कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।


कार्यालयका निमित्त प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन बानियाँ पनि ३० पुसदेखि घर बिदामा बसेकाले अहिले दुई कार्यालय सहयोगीको भरमा कार्यालय चलेको हो । पूर्वी पाल्पावासीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमा हाल कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
कार्यालय सहयोगी माधवप्रसाद न्यौपाने र शेरचन रानाले कार्यालय कुरेर बस्नेगरेका छन् । आफूहरूले दर्ता चलानी, रजिष्टरमा लेख्नेजस्ता सामान्य काम गरी कार्यालय कुरेर बसिरहेको कार्यालय सहयोगी न्यौपानेले बताए । ‘कार्यालयमा कामकाज लिएर आएका सेवाग्रहीले सेवा नपाउँदा हामीलाई गुनासो गरेर फर्कन्छन्’ उनले भने । 


कार्यालय प्रमुख नभएपछि मङ्गलबार र बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएका कर्मचारीले सेवा उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । जिल्ला प्रशासन कार्यालयट कर्मचारी पठाउन सक्ने अवस्था नभएकाले यसबारे माथिल्लो निकायमा जानकारी गराइएको उल्लेख गर्दै उहाँले कर्मचारी समायोजनको प्रक्रिया भइरहेका कारणले तत्काल कार्यालय प्रमुख नै आउन सक्ने अवस्था नभएको बताउनुभयो । 


कार्यालयमा कर्मचारी नै नहँुदा पटकपटक धाइरहनु परेको रामपुर नगरपालिका–९ जब्गादी बस्ने यमकुमारी रिङ्जालीले बताइन् । कार्यालयमा सहयोगीसहित आठ कर्मचारीको दरबन्दी छ । दैनिक करिब ५० जना सेवाग्राहीको चहलपहल हुने कार्यालय कर्मचारी नहुँदा सुनसान बनेको छ ।
रासस