मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २१ बुधबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार

सरकारी विद्यालयमा जन्तीको वास, कक्षाकाेठाभरी फाेहर नै फाेहर

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २१ बुधबार १६:१५:००

महोत्तरीका अधिकांश सरकारी विद्यालय जन्ती वासको लागि प्रयोग हुने गरेको देखिएको छ । मंगलवार महोत्तरी गाउपालिका ४ स्थित लक्ष्मीनारायण आधारभुत विद्यालयको कक्षाकोठाभरी जन्तीले प्रयोग गरेका सामान र रक्सीका बोत्तल समेत यत्रतत्र छरिएका देखिएको पाईयो । 

मंगलबार विद्यालयमा शिक्षकहरुको उपस्थिति रहे पनि छात्रछात्रा नहुँदाको दृष्य अनौठो देखिएको थियो । विद्यार्थी अनुपस्थित देखिएको बारे शिक्षकहरुसंग चासो राख्दा उनीहरुले कक्षा कोठाहरु घुम्न आग्रह गरे । 

कक्षा कोठाहरुमा जतातदै रक्सीका खाली बोतलहरु यत्रतत्र छरिएका मात्र होइन, फुटेको समेत देखिन्थ्यो । होटेल तथा रेष्टुरेन्ट जस्तै कक्षा कोठाहरुमा जन्तीहरु वसेर रातभरि मदिरा पिएको र सिसिहरु समेत त्यही फुटाएको तथा केहि कक्षा कोठामा दिशा समेत गरिदिएको भेटियो । गाउँलेहरुको दवाबका कारण जन्तीलाई वास बस्न दिनु परेको शिक्षकहरुले गुनासो गरे । 

विद्यालयका प्रधानाध्यापक विमल पाण्डेयले सोमवार राती गाउँमा दुई जनाको जन्ती आएको र ती जन्तीलाई विद्यालयमै राख्ने भन्दै गाउँलेले आग्रह गरेको वताए । उनले गाउँमा विगतदेखि नै जन्ती विद्यालयमै राख्ने गरेको र अन्यत्र जन्ती राख्ने कुनै स्थान समेत नभएकोले आफुले बाध्य भएर अनुमति दिएको बताए । उनले वडाबाट समेत जन्ती विद्यालयमै राख्न दिन आग्रह आएको बताए ।

उनले बालबालिकाको पठन पाठन नै अवरुद्ध हुने गरी विद्यालयलाई मदिरालयमा परिणत गरिदेलान भनेर नसोचेको वताए । उनले जन्ती आएको दुवै घरका मानिसहरुलाई विद्यालयमा जन्तीले गरेको  हर्कतबारे जानकारी गराएको तर उनीहरु तत्काल विद्यालयको फोहर सफा गर्ने भन्दा पनि पन्छिन खोजेको बताए ।