१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस 
२०७५ माघ ६ आइतबार १२:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

छाउगोठको तथ्यांक संकलन गरिँदै

Read Time : < 1 मिनेट
रासस 
२०७५ माघ ६ आइतबार १२:५०:००

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्यांक संकलन सुरु गरिएको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्न प्रहरीले तथ्यांक संकलनलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।


अघिल्लो साता बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा छाउगोठमा आमासहित दुई छोराको मृत्यु भएपछि प्रहरीले स्थानीय तहको सहकार्यमा गोठको तथ्यांक संकलन गर्न थालेको भाटले बताए । जिल्ला प्रहरी कार्यालय बाजुरा, टाँटे प्रहरीचौकी, इलाका प्रहरी कार्यालय कोल्टी र पिलुचौर प्रहरीचौकी कुन्नाले एकैसाथ छाउगोठको तथ्यांक संकलनलाई तीव्रता दिएको प्रहरी प्रमुख भाटको भनाइ छ । 


प्रहरीले १ भदौमा आएको कानूनको विषयलाई मध्यनजर गर्दै गाउँगाउँमा सचेतनाका कार्यक्रम गर्दै आएको भाटले जानकारी दिए । जिल्लामा छाउ भएको बेला घरभन्दा टाढा राख्ने, दूध दही र गाईगोरुलाई समेत छुन नपाउने प्रथा कायमै रहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बाजुराले पनि सबै स्थानीय तहका प्रमुखलाई पनि छाउगोठ हटाउन जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरी पत्र पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।


उनले बाजुरा जस्तो विकट क्षेत्रमा छाउपडी कुप्रथाका कारण विभिन्न घटना हुन थालेकाले सचेत नागरिक भएर छाउ भएका महिलालाई घरभित्रै बस्ने वातावरण बनाइ छाउगोठ भत्काउन स्थानीय तहलाई समन्वय गर्न पत्र पठाएको प्रजिअ बरालको भनाइ छ ।