मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ फाल्गुण २१ बुधबार ०८:००:००
Read Time : > 1 मिनेट
समाचार

एमसिसी छिट्टै अनुमोदन हुन्छ : डा. भट्टराई

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २१ बुधबार ०८:००:००

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) संसदबाट अनुमोदन हुने बताएका छन् । एमसीसीका विषयमा प्रष्ट हुन भन्दै नेकपाले बनाएको कार्यदलले केही गम्भीर बुँदा नसच्याई पारित गर्न नहुने सुझाव दिएका बेला प्रधानमन्त्रीका सल्लाहकारले यस्तो दाबी गरेका हुन् ।

पोखरामा मंगलबार प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सभामुखले एमसिसीलाई संसदको छलफल सूचीमा ल्याएपछि अनुमोदन हुने बताए । उनले एमसिसीमा उल्लेखित प्रावधानमा आपत्ति जनाउनुपर्ने त्यस्तो कुनै विषय नरहेको ठोकुवा गरे । उनले भने, ‘जुन तहको विवादमा ल्याइयो, त्यो जरुरी नै थिएन । एमसिसीअन्तर्गतका बुँदा आधारभूत रुपमा ती सही छन्, ठिक छन् ।’ 

 मिलेनियम च्यालेन्ज अथ्युरिटी (एमसिए)सँग जोडिएका केही कुरामा भने विवाद रहेको र त्यसलाई समाधान गरिने उनको भनाइ छ । ‘आधारभूत रुपमा एमसिसी कार्यान्वयन हुनुपर्छ । यसलाई हामीले नै सन् २०१२ देखि सुरु गरेर सन् २०१७ मा सम्झौता भयो,’ उनले भने, ‘यस बीचमा थुप्रै नेताहरु प्रधानमन्त्री, मन्त्री, गृहमन्त्री हुनुभयो । फलानोले गरेका सम्झौतालाई किन अगाडि बढाउने भनेर हुन्न । अन्तर्राष्ट्रिय जगतमा यसको विश्वसनीयताको कुरा हुन्छ ।’ 

एमसीसी परियोजनाअन्तर्गत आउने रकम अनुदान रकम भएकोले पाँच वर्षपछि स्वतह खारेज हुने उनको तर्क छ । ‘यो पाँच वर्षको सम्झौता हो । पाँच वर्षमा यो आफै अन्त्य भएर जान्छ । लोन पनि होइन,’ उनले भने, ‘हाम्रै आयोजना हो । अरु आयोजना आउने जसरी आउने हो ।’ उनले भने ‘अमेरिकी सेना आउने, हाम्रो लेखाले अडिट गर्न पाउँदैन भन्ने कुरा सत्य  होइन ।’

अमेरिकी सेना आउनेजस्ता प्रोभोगजन्य कुरा नगर्न उनले आग्रह गरे । ‘अमेरिका हाम्रो मित्र राष्ट्र हो । विश्वको शक्तिशाली राष्ट्रसँगको सन् १९४७ देखिको लगातार सम्बन्ध गाढा छ । जे हो, त्यही बुझेर जानुपर्छ ।’ उनले भने । अमेरिकाको कानूनले नै शैन्य र हातहतियारमा एमसिसीअन्तर्गत लगानी नगर्ने भनेकोले यसलाई विवादित विषय बनाउन जरुरी नरहेको उनको भनाइ छ । 

बामदेवको विषय प्रधानमन्त्री र राष्ट्रपतिसँग सम्बन्धित 

प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी सचिवालयले प्रधानमन्त्रीलाई आग्रह मात्र गरेको जिकिर गरेका छन् । 

उनले प्रधानमन्त्रीलाई सचिवालयले निर्देशन दिन नसक्ने संकेत गर्दै उनले सचिवालय बैठकको आग्रह पालना गर्ने नगर्ने विषय प्रधानमन्त्री र राष्ट्रपतिसँग सम्बन्धित रहेको बताए । ‘सचिवालयले आग्रह गरेको छ,’ उनले भने, ‘त्यसलाई व्यवस्थापन गर्ने विषय प्रधानमन्त्री र राष्ट्रपतिको विषय हो’ 

तस्बिर : डा. राजन भट्टराईकाे फेसबुक पेजबाट