मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७६ फाल्गुण २० मंगलबार १८:४९:००
Read Time : < 1 मिनेट
समाचार

रुघाखोकी र ज्वरोको लक्षण देखिए विमान नचढ्न आग्रह 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २० मंगलबार १८:४९:००

कोरोना भाइरसको सम्वेदनशिलतालाई मध्यनजर गर्दै वायुसेवा संचालन संघले रुघाखोकी तथा ज्वरोका लक्षण देखिएका यात्रुलाई विमान नचड्न अपील गरेको छ ।

यात्रु, विमान चालक तथा अन्य सुरक्षालाई मध्यनजर गर्दै मंगलबार संघले यस्तो सूचना सार्वजनिक गरेको हो ।

रुघाखोकी तथा ज्वरोका लक्षण आएका व्यक्तिले यात्रा गर्न खोजेको पाइए त्यस्ता यात्रुको उडान रद्ध गर्ने संघको सूचनामा जनाइको छ । 

विश्व स्वास्थ्य संगठनले दिएको पछिल्लो जानकारी अनुसार चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभरी नै फैलिरहेको छ ।  

हाल ७० भन्दा बढी देशमा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरसबाट करिब ३ हजार १ सय २५ जनाको मृत्यु भएको र ९० हजार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वभरि नै फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथामको लागि उक्त कदम चालिएको र यसबाट यात्रुमा पर्न जाने असुविधाका लागि संघले क्षमायाचना समेत गरेको छ ।