Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अशाेक पहाडी
२०७५ पौष २ सोमबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार

दुई समुदायबीच झडप, प्रहरीद्वारा ३० राउण्ड अश्रुग्याँस प्रहार

Read Time : < 1 मिनेट
अशाेक पहाडी
२०७५ पौष २ सोमबार १८:२१:००

रौतहटमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले हवाइ फयर र अश्रु ग्यास प्रहार गरेको छ । नगरुडा नगरपालिकामा दुई समुदाय बीच भएको झडपमा प्रहरीले १५ राउन्ड हवाई फायर र ३० राउन्ड अश्रु ग्यास प्राहार गरेको हो । 


गरुडा नगरपालिकाको वडान ८ का स्थानीय बिच भएको झडप नियन्त्रण गर्न प्रहरीले अश्रुल ग्यास र हवाई फायर गर्नु परेको हो । स्थानीय रघुनाथपुरका दुई गाउँले समूह बीच भएको झडप नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ । 


सो स्थानमा भएको झडप नियन्त्रणका लागि अहिले जिल्ला प्रहरी कार्यलय गौरबाट थप टोली पठाउने तयारी भइरहेको छ । घटनाको पूरा बिवरण आउन बाँकी छ ।