मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २० मंगलबार १६:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग

निरफूलको ट्रेलरमा भूकम्पकाे पीडा (भिडियो) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २० मंगलबार १६:४१:००

सेलो पोड्क्सनद्वारा निर्माण गरिएको नेपाली चलचित्र ‘निरफूलको’ ट्रेलर सावजनिक भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्म ‘निरफूल’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा फुलमान बलको लेखन तथा निर्देशन रहेको छ । चलचित्रको निर्माता भने सोनम डोमा हुन् ।

फिल्ममा दयाहाङ राई, रेखा थापा, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकि घिसिङ, राजन खडिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा आदिको भूमिका रहेको छ ।

निर्देशक फुलमान कवि तथा पत्रकार पनि हुन् । ‘फिल्म क्षेत्रमा समाज आएन र कन्टेन्ट आएन भन्ने कुरा धेरै सुनिन्छ, उनले भने, ‘आखिर हाम्रो समाज के रहेछ त भनेर समाजको कन्टेन्ट कसरी टिप्न सकिदो रहेछ भनेर फिल्म बनाएका हौँ । जुन आरोप चिर्ने काम निरफूलले गरेको छ ।’

फिल्मको कथा ०७२ को भूकम्पले दिएको पीडा र मिलनको कथामा आधारित छ । फिल्मका गीतमा दुर्गा खरेल, प्रमोद खरेल र राजेशपायल राईको स्वर रहेको छ ।

फिल्म आगामी ७ चैतमादेखि प्रदर्शन हुनेछ ।