१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण २० मंगलबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार

विद्यालयकै र्‍यालीमा लडेर विद्यार्थी घाइते, रकम अभावले उपचारमा समस्या

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २० मंगलबार ११:४७:००

डोल्पामा एक विद्यालयको भर्ना र्‍यालीमा सहभागी भएका एक विद्यार्थी लडेर घाइते भएका छन्र । विद्यार्थीको हातको हड्डी फुटेको छ ।

मुड्केचुला गाँउपालिका ५ मा पर्ने डाँफे आधारभूत विद्यालय आफैले आयोजना गरेको र्‍यालीमा सहभागी भएका ६ वर्षीया बालक अंगत बोहोराको दायाँ हातको हड्डी फुटेको हो ।

लडेर घाइते भएपछि उनलाई उपचारको लागि सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा पुर्याइएकाे थियो । तर त्यहाँ डाक्टरले उपचार सम्भव नहुने बताएपछि उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

‘बोहोरा बिपन्न परिवारका हुन, ऋण सापट गरेर उनलाई नेपालगञ्ज लगिएको छ, हातको अप्रेसन नै गर्नुपर्छ, धरौटी राख्ने साठी हजार पैसा नभएकाले उपचार हुन सकेको छैन्’ बालकका आफन्त विवश बुढाले भने ‘विद्यालयको कार्यक्रममा लडेर घटना घटेकाले यसको जिम्मा विद्यालयले लिनुपर्ने भए पनि कुनै पनि चासो दिएको छैन ।’