१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लक्ष्मी काफ्ले
२०७५ माघ ६ आइतबार ११:३२:००
Read Time : < 1 मिनेट
प्रदेश

भारतमा दुई नेपाली पक्राउ

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले
२०७५ माघ ६ आइतबार ११:३२:००

चितुवाको छालासहित भारतीय सीमावर्ती सहर पानीट्यांकीमा दुई नेपाली पक्राउ परेका छन् । एसएसबी क्याम्पनजिकैबाट भारतीय प्रहरीले उनीहरूलाई शुक्रबार राति १० बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम इरौँटारका २६ वर्षीय मुकुन्द पोखरेल र सोही स्थानका ३० वर्षीय ज्ञानु प्रधान छन् । पक्राउ परेकामध्ये एकजना होटेल सञ्चालक र अर्का युनिभर्सिटीका विद्यार्थी रहेको बताइएको छ । एकजनाले कोरियन भाषासमेत बोल्न जानेको भारतीय प्रहरीले जनाएको छ । उनीहरूले राइफल प्रयोग गरेर एक महिनाअघि चितुवा मारेको प्रहरीको दाबी छ । 

पक्राउ परेका दुवैजना अन्तर्राष्ट्रियस्तरको तस्कर भएको भारतीय प्रहरीले दाबी गरेको छ । उनीहरूले सिंगापुर, हङकङलगायत केही मुलुकसमेत भ्रमण गर्ने गरेको प्रहरीले जनाएको छ ।