मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामचन्द्र न्यौपाने
२०७५ माघ ६ आइतबार ११:३०:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ माघ ६ आइतबार ११:३०:००

डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको हो ।
जिल्लाको जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालय डोल्पाले जनाएको छ ।

रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्होलगायतका स्थानमा राखिएका जि.एस.एम र सि.डि.एम.ए मोबाइल टावरहरु समेत अवरुद्ध भएका हुन् ।

मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट आवश्यक उपकरणसहितको प्राविधिक टोली पठाइ सकिएकाले मंगलबारसम्ममा सेवा सुचारु हुने नेपाल टेलिकम नेपालगन्जका कार्यकारी प्रमुख सिवराज खनालले बताए ।

दुइवटै मोबाइल सेवासँगै ल्याण्डलाइन टेलिफोन समेत बन्द भएपछि दुनै लगायत विभिन्न स्थानीय तहमा रहेका सरकारी तथा गैह्र सरकारी कार्यालयको कामकाजमा समस्या उत्पन्न भएको छ ।