मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०१:२८:००
Read Time : < 1 मिनेट
अर्थ

कैलाश विकासका सेवाग्राहीलाई ब्लुक्रस अस्पतालमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०१:२८:००

कैलाश विकास बैंककका सेवाग्राहीले ब्लुक्रस अस्पतालको सुविधामा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच स्वास्थ्य सेवा प्रदान गर्नेसम्बन्धी सहमति भएसँगै सेवाग्राहीले उपचारमा छुट पाउने भएका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र ब्लुक्रस अस्पतालका कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै ब्लुक्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी तथा कर्मचारीलाई उपचार खर्चमा छुट प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।