मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण १९ सोमबार २०:२७:००
Read Time : < 1 मिनेट
अर्थ

प्रदेश ५ सरकारद्वारा लगानी सम्मेलन स्थगित, मेला तथा महोत्सवमा रोक

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १९ सोमबार २०:२७:००

प्रदेश ५ सरकारले आगामी वैशाख पहिलो साता आयोजना गर्ने गरी तय गरेको लगानी सम्मेलन स्थगित गरेको छ । सोमबार बसेको प्रदेश ५ सरकार मन्त्रिपरिषदको बैठकले प्रदेशमा मेला तथा महोत्सव गर्न पनि तत्कालका लागि रोक लगाएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले लगानी सम्मेलनमा विदेशी पनि सहभागी हुने गरी तयारी भइरहेको अवस्थामा विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएका कारण स्थगित गरिएको बताए । उनले पछि उपयुक्त समयमा लगानी सम्मेलन गरिनेसमेत स्पष्ट पारे ।

त्यस्तै मेला तथा महोत्सवका सन्दर्भमा पनि केन्द्र सरकारले गरेको निर्णय कार्यान्वयनमा सहयोग पुग्ने गरी निर्णय गरिएको उनले बताए । १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत तत्कालका लागि मेला तथा महोत्सव गर्न रोक लगाउने निर्णय कार्यान्वयन गरिने भएको छ । प्रदेश ५ सरकारले आगामी बैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने गरी तयारीका काम अगाडि बढाइएको थियो ।

मन्त्रिपरिषद बैठकले प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी बन्ने विधेयक र प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ । त्यस्तै बैठकले साझेदारी नियमावली २०७६ पनि स्वीकृत गर्नुका साथै सडक निर्माण, मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।