Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १९ सोमबार ०७:३१:००
Read Time : < 1 मिनेट
समाचार

इन्जिनियरले एक वर्षमा घुसबाट कमाए साढे ३७ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १९ सोमबार ०७:३१:००

काठमाडौंं सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुवास बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३७ लाख रुपैयाँ बिगोदाबी गर्दै मुद्दा दायर गरेको छ । सडक ग्राभेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनका लागि बस्नेतले घुस लिएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । 

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा सेवाग्राहीमार्फत झापाको गौरीगन्ज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य गराई सोबापत तथा थप काम दिलाउने भन्दै उनले घुस लिएको अख्तियारको दाबी छ । उनले ०७५ भदौदेखि गत असोजसम्मको एक वर्षको अवधिमा सो परिमाण रकम संकलन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।