मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार ०७:११:००
Read Time : < 1 मिनेट
समाचार

कार्यभार सम्हाल्न आए भारतीय राजदूत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार ०७:११:००

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आइतबार आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा भारतीय दूतावासका उपनियोग प्रमुख अजय कुमार र परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । ३० वर्ष भारतीय विदेश सेवामा कार्यरत क्वात्राले यसअघि फ्रान्सको राजदूत भएर काम गरिसकेका छन् । दुई महिनाअघि भारतीय राजदूत मञ्जिवसिंह पुरी दुई वर्षको कार्यकाल सकेर फर्केका थिए । 

सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्राले १९९३ सम्म जेनेभास्थित पर्मानेन्ट मिसन अफ इन्डियामा अधिकृत भएर काम गरेका थिए । उनले त्यहीँ संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगअन्तर्गत विशेष एजेन्सीसँग सम्बन्धित काम पनि गरेका थिए । यही अवधिमा जेनेभाको स्कुल अफ इन्टरनेसनल स्टडिजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा कोर्स पूरा गरे । १९९३ देखि २००३ सम्म राष्ट्रसंघको हेडक्वार्टरमा डेस्क अफिसर भएर काम गरेका क्वात्राले दक्षिण अफ्रिका र उज्वेकिस्तानमा डिप्लोम्याटिक मिसनमा जिम्मेवारी पूरा गरेका थिए । 

२००३ देखि २००६ सम्म उनले काउन्सिलर र चीनको बेइजिङमा भारतीय मिसनको डेपुटी चिफ भएर काम गरे । क्वात्रा २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त ब्युरो प्रमुख भएका थिए ।