मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ फाल्गुण १८ आइतबार ११:३६:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका सबै भियतनामी डिस्चार्ज

पहिलो चरणको युद्ध जितियो : स्वास्थ्य मन्त्री

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ फाल्गुण १८ आइतबार ११:३६:००

भियतनाममा कोरोना भाइरसबाट संक्रमित सबै निको भएका छन् । ७३ वर्षीय एक वृद्धसहित १६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको भियतनामका अधिकारीले बताएका छन् । 

गएको १५ दिन भित्रमा कुनै पनि नयाँ संक्रमित देखिएको छैन् । फेब्रुअरी १३ देखि अहिलेसम्म कसैमा पनि संक्रमण नदेखिएको बताइएको छ । तर हनोईको उत्तरी गाउँ भने २० दिनदेखि बन्द गरिएको छ ।

भियतनामले कोरोना भाइरसविरुद्धको पहिलो चरणको युद्ध जितेको त्यहाँका स्वास्थ्य मन्त्री भु डक डमले बताएका छन् । भियतनाममा जनवरी १७ मा पहिलोपटक भाइरसको संक्रमण देखिएको थियो ।  विश्वव्यापी रुपमा महामारीबाट ३ हजारको मृत्यु भइसकेको छ भने ८० हजारभन्दा बढी संक्रमित छन् ।