मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ फाल्गुण १८ आइतबार १०:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

महोत्तरीमा पूर्वशिक्षकमाथि गाेली प्रहार

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १८ आइतबार १०:४८:००

महोत्तरीमा गएराति पूर्वशिक्षकमाथि गोली प्रहार भएको छ ।

मनरासिसवा नगरपालिका ३ का सहदेवप्रसाद यादवलाई शौच गर्न निस्केका बेला गोली हानिएको हो । छातिको तल्लो भागमा गोली लागेर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको महोत्तरी जिल्ला प्रहरी कार्यालका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

गोली हानेको आशंकमा यादवका एक नातेदारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।