मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १०:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रेमलीलाको ट्रेलरमा प्रेम र विछोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १०:१७:००

प्रेम र लीलाको प्रेमकथामा निर्माण गरिएको फिल्म प्रेमलीलाको ट्रेलर सार्वजनिक भएको छ । पहिला माघ २५ मा प्रदर्शन हुने बताइएको भए पनि यो फिल्म अब फागुन १० मा मात्रै दर्शकमाझ आउनेछ । 

जनक पाण्डेको निर्देशनमा दीपशिखा खड्काले निर्माण गरेको  प्रेमलीलामा भारतीय प्रेमी र नेपाली प्रेमिकाबीचको प्रेम, विश्वास र धोकाको कथा प्रस्तुत गरिएको छ । अन्तरदेशीय प्रेमकथाका रूपमा प्रचार गरिएको फिल्ममा अलि खान, दीपशिखा खड्का, मौसम खड्का, प्रभाकर शर्मा, शर्मिला शर्मालगायतले अभिनय गरेका छन् ।

पवन गौतमले खिचेको फिल्मको कथा निर्मात्री दीपशिखा आफैँले लेखेकी हुन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको फिल्मका गीतमा राजेशपायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर छ ।