मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका ललितपुर
२०७६ फाल्गुण १८ आइतबार ०६:३९:००
Read Time : < 1 मिनेट
समाचार

कफीको माग २५ टन, उत्पादन १० टन मात्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका ललितपुर
२०७६ फाल्गुण १८ आइतबार ०६:३९:००

ललितपुरमा वार्षिक कफीको माग २५ टन रहे पनि उत्पादन भने १० टन मात्रै हुने गरेको छ । उत्पादन भएको १० टनमध्ये पनि दुई टन काठमाडौंमा खपत हुने गरेको कफी सहकारी संघ ललितपुरका अध्यक्ष शशिवन्दन  घिमिरेले बताए । ललितपुरका लागि आवश्यक बाँकि कफी जर्मनी, नेदरल्यान्डलगायत मुलुकबाट आयात हुने गरेको छ । 

संघका अनुसार ललितपुरमा ११ वर्षअघि वार्षिक ६५ टनसम्म कफी उत्पादन हुन्थ्यो । अहिले बजार भए पनि माग पूरा हुन नसकेको घिमिरे बताउँछन् । विगतमा कफीबाट ललितपुरवासीले दुई करोड पचास लाखसम्म आम्दानी गर्थे । तर, अहिले ८० लाखसम्म आम्दानी गर्ने गरेको संघले भनाइ छ । 

ललितपुरको ठूला दुर्लुङ, आश्राङ, गिम्दी, प्युटार, चन्दनपुरमा कफीको उत्पादन हुँदै आएको छ । बसाइँसराइ र सिन्दूरे, गवारोजस्ता रोगले गर्दा कफीको उत्पादन घट्दै गएको संघका अध्यक्ष घिमिरेले बताए ।