मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रकाश कँडेल काठमाडाैं
२०७६ फाल्गुण १८ आइतबार ०६:१४:००
Read Time : < 1 मिनेट
खेलकुद

टी–२० मा सन्दीपको सय विकेट

Read Time : < 1 मिनेट
प्रकाश कँडेल, काठमाडाैं
२०७६ फाल्गुण १८ आइतबार ०६:१४:००

लेग स्पिनर सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।  मलेसियाविरुद्धको एसिसी इस्टर्न रिजन टी–२० मा शनिबार तीन विकेट लिँदै उनले कीर्तिमान बनाएका हुन् । 

सन् २०१८ को आइपिएलयता उनले बटुलेको विकेट संख्या एक सय दुई पुगेको छ । आइसिसीले मान्यता दिएका टेस्ट राष्ट्रका अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज र नेपाली राष्ट्रिय टिमबाट गरेका प्रतिस्पर्धामा उनले सय विकेट कटाएका हुन् । 

पहिलोपटक २०१८ को आइपिएलमा तीन खेल खेल्दा सन्दीपले पाँच विकेट लिएका थिए । तत्कालीन दिल्ली डेयरडेभिल्सबाट खेल्ने मौका पाएका उनले रोयल च्यालेन्जर्स बैंगलोरका पार्थिव पटेललाई तेस्रो ओभरको चौथो बलमा एलबी डब्लुको सिकार बनाएर करिअरको पहिलो विकेट लिएका थिए । उनले शनिबार मलेसियाका ओपनर भिरनदिप सिंहलाई तेस्रो ओभरको दोस्रो बलमा आउट गर्दै टी–२० करिअरमा सय विकेट पूरा गरे । 

कुन प्रतियोगितामा कति विकेट ?

सन् २०१८

इन्डियन प्रिमियर लिग : ५

क्यारेबियन प्रिमियर लिग : ७ 

अफगानिस्तान प्रिमियर लिग : २

बिग बास (अस्ट्रेलिया) : ११ 

सन् २०१९

पाकिस्तान सुपर लिग : ११ 

बंगलादेश प्रिमियर लिग : ४ 

इन्डियन प्रिमियर लिग : ८

क्यारेबियन प्रिमियर लिग : ८

बिग बास : १५

राष्ट्रिय टिमबाट : ३१