मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मनीष खड्का रूकुम पश्चिम
२०७६ फाल्गुण १७ शनिबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार

गरिब विद्यार्थीका लागि २४ लाखको अक्षय कोष 

Read Time : < 1 मिनेट
मनीष खड्का, रूकुम पश्चिम
२०७६ फाल्गुण १७ शनिबार १६:२९:००

रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ मा रहेको वीरेन्द्र माविमा 'आमा बुवा समृद्धि प्रतिष्ठान' छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । वडा नं. ३ का अध्यक्ष चन्द्रबहादुर केसीको अगुवाईमा गाउँपालिकाका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कोष स्थापना गरिएको हो । वडाध्यक्ष केसीले राज्यबाट पाएकाे सेवा सुविधाबापतको २ लाखबाट सुरू गरेको कोष स्थापना अभियानमा हालसम्म ८५ जना जोडिएका छन् । 

देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरूबाट कोषका लागि २३ लाख ८७ हजार ८ सय ६५ रुपैयाँ संकलन भएको कोष संचालन तथा व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष केसीले जानकारी दिए । आफूले कोष स्थापनाका लागि २५ लाख ६० हजार ६ रुपैयाँ हुने घोषणा गरे पनि केही रकम प्राप्त हुन बाँकी रहेको उनले जानकारी दिए । 

वडाध्यक्ष केसीका अनुसार कोषकाे रकमबाट हुने ब्याजले गाउँपालिकाका अनाथ, असहाय, वेपत्ता परिवार, सहिद परिवार, अपांगलगायत उत्पीडित वर्गका १८ वर्ष मुनीका बालबालिकालाई वर्षमा एक पटक छात्रवृत्ति प्रदान गरिने छ । आगामी दिनमा पनि थप मानिसले कोषलाई सहयोग गर्न सकिने व्यवस्थापन समितिले उल्लेख गरेकाे छ ।

संविधानमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क भने पनि नभएकाे अवस्थामा कोषले सहयोग पुग्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । कोषको प्रभावकारी कार्यान्वयनमा ध्यान काम हुनु पर्नेमा उनले जोड दिए । ‘गाउँपालिकाका बालबालिकाले आर्थिक अभावका कारण पढ्नबाट बञ्चित हुन नपरोस्भ न्ने उद्देश्य कोषले लिएको छ, यो उद्देश्य पूरा भएको देख्न पाइयोस,' उनले भने । 

यसैबीच कोष स्थापनाका लागि प्राप्त रकम व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख र बाँफिकोट गाउँपालिका अध्यक्षले समितिलाई चेक हस्तान्तरण गरे ।