मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १६ शुक्रबार १२:२७:००
Read Time : < 1 मिनेट
समाचार

प्राविधिक जनशक्ति उत्पादन गर्न सके आर्थिक क्रान्ति : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १६ शुक्रबार १२:२७:००

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राविधिक जनशक्ति उत्पादन गर्न सके केही वर्षभित्रै मुलुकमा आर्थिक क्रान्ति हुने बताएका छन्। 

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवा पलायन रोक्न पनि प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् । देउवाले राज्यले नै प्राविधिक शिक्षाको व्यवस्था गरेर युवालाई पढ्न प्रेरित गर्नुपर्ने बताए । 

‘रोजगारी वृद्धि गर्नकै लागि पनि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने उदाहरण पशु स्वास्थ्य सेवा प्राविधिक संघ हो,’ देउवाले भने । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाए ।

पौडेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको सेटिङ प्रकरणमा प्रधानमन्त्री केपी ओलीकै संलग्नता हुन सक्ने आशंका व्यक्त गरे ।
कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले आफ्नो पार्टी सत्तामा पुगेपछि कृषिको विकासमा दीर्घकालीन महत्त्वका कार्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउने बताए ।

संघका केन्द्रीय सल्लाहकार हिमालय पोखरेलका अनुसार नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको २७औँ संगठन नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघमा मुलुकभरि २० हजारभन्दा धेरै प्राविधिक संलग्न छन् ।