मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ फाल्गुण १६ शुक्रबार ११:५०:००
Read Time : < 1 मिनेट
समाचार

वामदेव गौतम नै राष्ट्रियसभा सदस्य : प्रचण्ड 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १६ शुक्रबार ११:५०:००

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको बताएका छन् । भरतपुरमा आजबाट सुरु हुन लागेको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीको उद्धघाटन गर्न चितवन आइपुगेका प्रचण्डले पार्टीभित्र हुने यस्ता गतिविधिलाई सामान्य रुपमा लिनुपर्ने बताए । 

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयको निर्णय विपरीत  प्रधानमन्त्री रहेको भन्ने  कुरा गलत  भन्दै उनले पार्टी निर्णय कुनैपनि हालतमा  कार्यान्वयन हुने बताए । उनले भने  ‘यस विषयलाई लिएर टिकाटिपणी आवश्यक छैन । पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगर्ने भन्ने कुरा म कल्पना पनि गर्न सक्दिन । २१ गते सम्ममा उहाँले वामदेव गौतमलाई  राष्ट्रिय सभामा पठाउन सिफारिस गर्नुहुन्छ  किनभने यो सर्वसम्मत निर्णय भएको कुरा हो ।’