Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण १६ शुक्रबार ११:१५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् चकलेटका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण १६ शुक्रबार ११:१५:००

बच्चाबच्चीलाई चकलेट खुब मन पर्छ । शुभअवसरमा पनि  चकलेट बाँडेर रमाइलो गरिन्छ । सबै चकलेट स्वास्थ्यका लागि फाइदाजक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ । 

  •  चकलेटले छालामा निखार ल्याउँछ । यसमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइन्छ । जसले मुटुरोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउँछ ।
  •  डार्क चकलेट खाँदा मस्तिष्कको कार्यप्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । 
  •  डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट हुनाले मुटुरोग, क्यान्सर र बुढ्यौलीसम्बन्धी रोगलाई रोक्न सहायक हुन्छ । 
  •  यसमा पाइने पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राख्छ । र, रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।
  •  चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ । 
  •  महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।