Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ता कमली
२०७५ माघ ६ आइतबार ०८:२८:००
Read Time : > 1 मिनेट
अर्थ

पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ‘प्रथम भोटेओडार महोत्सव’

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ माघ ६ आइतबार ०८:२८:००

पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि लमजुङमा ‘प्रथम भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइको आयोजनामा यही माघ १८ देखि २७ गतेसम्म महोत्सव हुने भएको हो ।

‘समृद्ध भोटेओडारको मूल आधार, पर्यटनको प्रवर्द्धन, उद्योग व्यापार, परम्परागत सीप, कला र सँस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको हो ।  शुक्रबार उद्योग बाणिज्य संघ भोटेओडारले पत्रकार सम्मेलन गरी  महोत्सवबारे जानकारी गराएकाे हाे ।

महोत्सव मूल समारोह समितिका संयोजक एवम् लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईका अध्यक्ष सुरजकुमार श्रेष्ठले महोत्सवको तयारी, लक्ष्य र उद्देश्यबारे जानकारी गराएका थिए । महोत्सवबाट आएको मुनाफा सामाजिक कार्यमा खर्च गरिने संयोजक श्रेष्ठले बताए । उनले भने महोत्सवबाट आएको मुनाफा भोटेओडारभित्रको संवदेनशील क्षेत्रमा सिसि क्यामेरा जडान, तार्कुकोटमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणका साथै भक्ति नमूना माविका विशेष कक्षामा पढ्ने विद्यार्थीहरुलाई सहयोग गरिनेछ ।

महोत्सव सचिवालयका संयोजक रेवतीकुमार श्रेष्ठका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, विज्ञान प्रतियोगिता, प्याराग्लाईडिङ उडान, माविस्तरीय लोकनृत्य प्रतियोगिता, जातीय सांस्कृति झलक, नाटक प्रदर्शनी गरिनेछ । महोत्सवको मुख्य आकषर्णमा बाल उद्यान, स्थानीय कृषि, घरेलु तथा हस्तकला प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, झाँकी तथा र्‍याली प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

महोत्सवमा १ सय ५० स्टल रहनेछन् भने करिब १ लाख ५० हजार दर्शकलले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवलाई सफल पार्न ३ सय ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न २८ उपसमिति गठन गरिएको छ । महोत्सबाट करिब ५९ लाख ७० हजार आम्दानी गर्नेे लक्ष्य रहेको महोत्सवका सहसंयोजक निपेन्द्र श्रेष्ठले  बताए ।  

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअुरी, प्रायोजक आरके ईन्टर प्राईजेज, सहप्रायोजक नेपाल विद्युत प्राधिकरण केन्द्र भोटेओडार, लक्ष्मी नारायण  ट्रेडिङ नारायणगढ, गणेश ईटा उद्योेग टाँडी चितवन रहेका छन् ।