१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर सभार : पिजे क्लबकाे फेसबुक पेजबाट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार

फोटो प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १९:४१:००

फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे । प्रदर्शनीको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले फोटो पत्रकारितालाई व्यवसायीक र मर्यादित बनाएर लैजान पिजे क्लबको भूमिका महत्वपूर्ण भएको बताए । उनले फोटो खिचेर पनि आर्थोपार्जन गर्न सकिने गरी यस क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए । 

त्यसका लागि फोटो पत्रकारहरुले नै काम गर्नुपर्नेमा उनले जोड दिए । उनले एउटा फोटोले धेरै कुराको सन्देश दिने भएकाले पनि फोटो पत्रकारिताको भविष्य उज्वल भएको बताए । उनले फोटो प्रदर्शनी र प्रतियोगिताले फोटो पत्रकारितालाई प्रतिस्पर्धी बनाउने र व्यवसायीक रुपमा माथि उठाउन, मर्यादित बनाउन र अर्थोपार्जनको महत्वपूर्ण स्रोत बन्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि विजेता नभेष चित्रकारले आफुले प्राप्त गरेको पुरस्कार रकम आफुले फोटो खिचेको व्यक्तिका आमालाई हस्तान्तरण गरे । चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो खिचेका थिए ।

सोहि फोटो नै यो वर्षको ग्लोबल आइएमई बैंक फोटो अफ द इयर २०७६ घोषित भएको थियो ।