१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गोविन्द सुवेदी पोखरा
२०७६ फाल्गुण १५ बिहीबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार

सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक अनावरण

Read Time : < 1 मिनेट
गोविन्द सुवेदी पोखरा
२०७६ फाल्गुण १५ बिहीबार १८:१६:००

तत्कालीन संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । अधिकारीको प्रथम स्मृति दिवसको अवसर पारेर पोखरा–१८, जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा शालिकको अनावरण गरिएको हो ।

स्वर्गीय अधिकारीको शालिकको अनावरण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले अधिकारीको भावना र छाडेर गएका सपना पूरा गर्ने दिशातर्फ मुलुक अगाडि बढेको बताए । केन्द्र, प्रदेश र स्थानीय तहहरूमा विकासको प्रतिस्पर्धा रहेको भन्दै उनले जनताका त्यसको अपनत्वसमेत छुट्टै ढंगले भइरहेको बताए । 

नेकपा गण्डकी प्रदेशका सह–इन्चार्ज एवं संघीय सांसद खगराज अधिकारीले रवीन्द्रका अधुरा सपना पूरा गर्ने संकल्प गरे । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सहिद पार्कको संरचना निर्माण र विकासमा प्रदेश सरकार पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले सहिद पार्कलाई प्रदेशकै घुम्नलायक स्थल बनाइने बताए । सडक तथा चोकमा रहेका शालिकहरू सार्ने योजनाअनुरूप पार्क निर्माण भइरहेको उनले बताए ।

अधिकारीको पूर्ण कदको मूर्ति सुर्खेतका कलाकार तीलवीर सुनार सेन्चुरीले बनाएका हुन् । अधिकारीको मूर्ति सहिद पार्कको पूर्वी भागमा राखिएको छ । कार्यक्रममा तीलवीरलाई प्रमाणपत्रसहित माला लगाएर सम्मानसमेत गरिएको थियो । शालिकको माथिपट्टि ताप्लेजुङको दुर्घटनास्थलमा जस्तै पहरो बनाएर हेलिकोप्टरको डमीसमेत राख्ने योजना रहेको छ ।

अधिकारीको गत वर्ष १५ फागुनमा ताप्लेजुङको पाथीभरा देवी पुगेर फर्कने क्रममा होलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको थियो ।