मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १५:२४:००
Read Time : > 1 मिनेट
समाचार

हुलाकी राजमार्गका लागि केन्द्रबाट बजेट नआए आन्दोलन गर्छौं : सांसद यादव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १५:२४:००

सांसद महेन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

बिहीबारको प्रतिनिधिसभा विशेष समयमा बोल्दै यादवले सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेशमातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन नगरेको र काम सुरु हुन नसकेको भन्र्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

तराई मधेशको लाइफ लाइनका रुपमा हुलाकी राजमार्गलाई लिइएको भए पनि त्यसको अनुभूति जनताले गर्न नपाएको उनले बताए । उनले चैत ११ सम्म राष्ट्रिय गौरवको आयोजनामा समेटेर काम सुरु नभए वैशाख १ गतेबाट हुलाकी राजमार्गमा जागरण अभियान सुरु गर्ने बताए । यस्तै मानव सांङ्लो निकाल्ने, भारत नेपालबीच नागरिक संवाद रिले अनसन र आम हड्ताल गर्ने चेतावनी दिए ।

२०११ सालबाट राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण सुरु भए पनि सरकारले कम बजेट विनियोजन गर्दाे वीरगन्जदेखि नवलपरासीसम्म जोड्ने सडक अझै अधुरा रहेको बताए । उनले नागरिकताको विषयलाई पनि गम्भीर रुपमा लिन सरकारलाई आग्रह गरे । 

सांसद दुर्गा पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो गम्भीर विषय भएकाले छानबिन प्रक्रिया तत्काल बढाउन आग्रह गरिन् । मन्त्री एक्लैले यति ठूलो काण्ड घटाउन नसक्ने उल्लेख गर्दै उनले पर्दापछाडि कोको छन पत्ता लगाएर कारवाहीको दायरमा ल्याउन माग गरिन् । 

बहुराष्ट्रिय कम्पनीहरुसँग भएका सम्झौताहरुमा राजीतिकि तहबाट नै भ्रष्टाचार हुने गरेको भन्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले तत्काल आवश्यक कदम चाल्न नसके दरगामी असर गर्ने बताइन् । 

सांसद प्रेम सुवालले नेपाल ट्रस्टअन्तर्गतका जग्गा र भवन कुन कुन व्यक्तिको पालामा कसरी दिइएको हो त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री समेत रहेका ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले संसदमा जवाफ दिनुपर्ने बताए । 

सांसद भीमसेन दास प्रधानले काठमाडौंको मुटुमा रहेको टुँडिखेलको सांस्कृतिक, धार्मिक, राजनीतिक महत्व भए पनि व्यवसायी र विभिन्न संघ संस्थाहरुले अतिक्रमण गरेको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौं भ्युटावर सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेकोले टुँडिखेलमा बसपार्क, व्यापार यौन व्यवसायको रुपमा विकसित हुँदै गएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।