मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०७:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

नाकबाट रगत बग्ने समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०७:४४:००

सामान्यतया नाकमा नसा फुटेर रगत बग्ने गर्छ, यो थाहा भएकै कुरा हो । तर, नाकबाट रगत बग्नुको करिब ९० प्रतिशत कारण भने पत्ता लाग्न सकेको छैन । यद्यपि, नाकबाट रगत बग्नुका विभिन्न कारण छन् । 

 

कारण
नसा फुट्नु

नाकमा नसा फुटेर रगत बग्ने गर्छ । त्यो पनि दुई किसिमले– एन्टिरेट मिस्टेक्स र पोस्टरेट । खासगरी बच्चाहरूले नाक कोट्याउँदा वा जबर्जस्ती सिँ गर्दा रगत बग्छ । यसरी नाकको अगाडिको भागबाट रगत बग्नुलाई एन्टिरेट मिस्टेक्स भनिन्छ । यो सामान्य हो । अर्को पोस्टरेटको कारणले समेत नाकबाट रगत बग्छ । यस्तो हुँदा नाकको पछाडि भागमा नसा फुटेर धेरै नै रगत बग्ने गर्छ । यो बुढाबुढीमा बढी देखिन्छ । जसको तुरुन्त उपचार गर्न आवश्यक छ । 

ट्युमर
नाकमा हुने एकप्रकारको ट्युमरका कारण पनि रगत बग्ने गर्छ । खासगरी, ट्युमर रक्तनलीमा हुने गर्छ । यो १० देखि १४ वर्ष उमेरका बालबालिकामा बढी देखिन्छ । यो ट्युमरलाई एन्जियो फाइबरमा भनिन्छ । हर्मोनका कारण यो केटीको तुलनमा केटाहरूमा बढी हुने गर्छ । नाकमा एन्जियो फाइबर भएमा अत्यधिक रगत बग्छ । 

रगत पातलो हुनु
रगत बढी पातलो हुँदा नाकको नसा फुट्छ र सामान्यतया रगत बग्ने हुन्छ । अझ रगत पातलो बनाउने औषधि खाने मानिसमा नाकबाट रगत बग्ने समस्या बढी हुन्छ । 

जाडो मौसम
जाडो मौसममा रगत बग्ने समस्या बढी देखिन्छ । खासगरी चिसामा ताता खानेकुरा बढी खाइन्छ । यस्तो हुँदा नाकबाट रगत बग्ने समस्या अत्यधिक हुने गर्छ । हिटरको प्रयोगका कारणले समेत यस्तो भएको हो । चिसोमा बढी तातो लिने गर्दा नाक सुक्खा हुन्छ अनि रगत बग्ने सम्भावना रहन्छ । 

सावधानी
जाडो मौसममा हिटरको नजिक बढी बसेमा नाकबाट रगत बग्ने समस्या हुन्छ । यसर्थ, धेरै समय हिटरको धेरै नजिक बस्ने गर्नु हुँदैन । त्यस्तै, नाक कोट्याउन बन्द गर्ने, बेस्सरी सिा नगर्ने हो भने पनि यो समस्याबाट जोगिन सकिन्छ । चोटपटक लागेर वा अन्य कारणले रगत बगेमा तुरुन्त उपचार गर्नुपर्छ ।

उपचार

- कारण पत्ता नलागेसम्म तत्काललाई रगत बग्नबाट रोक्ने उपाय अवलम्बन गर्नुपर्छ । 
- रगत बगिरहेको छ भने औँलाले नाकलाई करिब १० मिनेटसम्म अगाडिबाट च्यापेर राख्नुपर्छ । यसो गर्दा तत्काल रगत बग्नबाट रोकिन्छ । 
= रगत रोक्न विभिन्न औषधि लगाउन सकिन्छ । यसरी पनि फुटेको नसाको उपचार गर्न सकिन्छ । यसो गर्दासमेत रगत नरोकिएमा दुुई–तीन दिनसम्म नाकलाई विशेष पद्धतिद्वारा खुम्च्याएर राख्ने गरिन्छ । 
- रगतको खराबी (क्यान्सर, ट्युमर आदि)का कारण रगत बगेको पत्ता लागेमा तुरुन्तै दक्ष चिकित्सककहाँ जान ढिला गर्नु हुन्न ।