मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १५ बिहीबार ०८:२३:००
Read Time : < 1 मिनेट
अर्थ

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १५ बिहीबार ०८:२३:००

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारासहित बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । 

‘महासंघको गौरवलाई थप उचाइमा पु‍र्‍याउन तथा निजी क्षेत्रको महत्वलाई नीति निर्माणमा स्थापित गर्ने मुख्य उद्देश्य हो,’ उम्मेदवारी घोषणा गर्दै ढकालले भने । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका महासंघको २०औँ अध्यक्ष स्वतः हुनेछन् । 

महासंघको आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचनको कार्यक्रम रहेको छ । तीन वर्षअघिको निर्वाचनमा महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित ढकालले वरिष्ठ उपाध्यक्षका देशभरका व्यवसायीको समर्थन रहेको दाबी गरेका छन् । 

ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा ७ वटै प्रदेशका संयोजकहरू उपस्थित भएका थिए । पूर्वअध्यक्षहरू सुरज वैद्य र चण्डीराज ढकालसमेत उपस्थित थिए । ढकाललाई वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले समर्थन गरेका थिए । महासंघलाई व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गर्ने पैरवी संस्थाका रूपमा अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बागलुङको अमलाचौरमा २०२२ मा जन्मिएका ढकालले कार्गो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका थिए । ढकाल हाल वित्तीय क्षेत्रमा मात्र होइन, जलविद्युत् उत्पादन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, सवारीसाधन बिक्री, केबुलकारलगायत क्षेत्रमा छाएका छन् ।

ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन् । यसअघि  उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।