मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार १८:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

उपसभामुख चयन कहिले ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार १८:४३:००

प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् । 

गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रक्रियाबारे पनि छिट्टै टुंगो लाग्ने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन दखिएका हुन् । 

सत्तारुढ दल नेकपाका नेताहरुले सभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएका छन् । भने विपक्षी दलका नेताहरुले सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन् । 

सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले सभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताए । 

नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उनले बताए । राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको नेम्बाङले बताए । 


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सभामखु चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताए । 

फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधानअनुसार उपसभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न आग्रह गरे । उपसभामुखमा उम्मेदवारी दिने विषयमा कांग्रेसले अहिलेसम्म केही नसोचनेको बताए । अरू दल पनि यसका लागि दाबेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै कांग्रेसले केही नसोचेको बडूले बताए । 

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले उपसभामुख कसलाई दिने भन्ने कुरा सरकारले निर्णय गर्ने बताए । अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उनले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताए । सरकारले सभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उनले बताए ।