१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार

सरकारलाई बाबुरामको प्रश्न : सरकारी जग्गा गरिब किसानलाई नदिएर यती होल्डिङसलाई दिने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १५:०२:००

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले जोताहा गरिब किसान मोहीलाई जग्गा नदिएर यती होल्डिङसलाई नै दिने हो भने त्यसवारे छुट्टै बहस गर्न सकिने भन्दै सरकारलाई व्यङ्गय गरेका छन् । 

मातातीर्थ जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि भट्टराईले बुधबार प्रतिनिधिसभा बैठमा विशेष समय लिएर जग्गाबारे प्रष्ट पार्ने क्रममा भने, ‘यती होल्डिङ्सको निकै चर्चा छ । जग्गा जमीनहरू उसैको पोल्टामा गइरहेको छ । यतीप्रति नै विशेष अनुराग भएर अझै उसलाई नपुगेको हो, अझै दिनुपर्ने हो, मोहीहरूले बरू नपाए नपाउन यतीलाई नपुगेको भन्ने चाहना हो भने यो पनि गम्भीर विषय हो । छलफल गरौं ।’

‘जनताको जमीन खोसेर आफ्नो आसेपासेलाई दिने होकी जोताहा मोहीलाई दिने हो गम्भीर सैद्धान्तिक प्रश्न बन्छ,’ डा.भट्टराईले थपे, ‘यो विषयमा हामी छलफल गरौं ।' 

उनले आफू नेतृत्वको सरकारले मातातीर्थको जग्गा नीतिगत र विधिसम्मत ढंगले बास्तविक मोहीलाई वितरण गरेको बताएका छन् । डा.भट्टराईले भने, ‘नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै आफूले उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको हो ।’