मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल युएई
२०७६ फाल्गुण १४ बुधबार ११:३८:००
Read Time : < 1 मिनेट
समाचार

युएईमा हुने ‘गोर्खाली साँझ’ मा भ्वाइस अफ नेपाल र भद्रगोलका कलाकार आउँदै 

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
२०७६ फाल्गुण १४ बुधबार ११:३८:००

युएईमा ‘गोर्खाली साँझ २०२०’ आयोजना गरिने भएको छ । एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली र एनआरएनए युएईका युवा संयोजक मदन अधिकारीको पहलमा आगामी  शुक्रबार  (१६ फागुन) मा बरदुबईको क्लब एभरेस्टमा गोर्खाली साँझकाे  आयाेजना हुन लागेको हो ।  

कार्याक्रमको लागि ‘भ्वाइस अफ नेपाल’, ‘बुगीवुगी’ र भद्रगोलका कलाकारहरु युएई आउने आयोजक मनोज गोर्खालीले नयाँ पत्रिकालाई बाताए । गोर्खालीका अनुसार ‘भ्वाइस अफ नेपाल सिजन २’का विजेता राम लिम्बुसँगै विकाश लिम्बु, आरिफ राओ, सनिश श्रेष्ठ र टप १० का प्रतियोगी अञ्जु राना मगर पनि युएई  आउने कार्यक्रम छ ।

त्यस्तै कार्यक्रममा नेपाली डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, फाइनलिस्ट रबिन भुजेल र हाँस्य कलाकार सुबोध गौतमको प्रस्तुति  रहने छ । कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाउने आयोजक मदन अधिकारीले बताए ।