१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १३ मंगलबार १४:२३:००
Read Time : < 1 मिनेट
समाचार

सरकारले एसिड बिक्रीकाे अभिलेख राखाेस् : नवराज सिलवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १३ मंगलबार १४:२३:००

नेकपा सांसद नवराज सिलवालले महिला हिंसा नियन्त्रण गर्न एसिड बिक्री वितरणलाई व्यवस्थित गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

मंगलबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा सिलवालले विभिन्न प्रकारका एसिड बिक्रीलाई कडाइ गर्दै बिक्री भएका परिमाणको अभिलेखीकरण गर्नुपर्नेसमेत सरकारसमक्ष माग राखेका छन् ।

‘४ वर्षमा घटेका १६ घटनाबाट २१ जना पीडित भएका छन् । एसिडको खुला बिक्रीले अपराधीलाई महिला हिंसा गर्न प्रोत्साहन मिलिरहेको छ,’ शिलवालले भने।

एसिड बिक्रीमा कडाइ गर्न ०७४ साउनमा सर्वोच्च अदालतले परामादेश जारी गरे पनि सरकारले त्यसअनुरुप कार्यविधि बनाउन ढिलाइ गर्न नहुने उनले बताए ।