मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका रुकुम पश्चिम
२०७६ फाल्गुण १३ मंगलबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार

महिला मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रुकुम पश्चिम
२०७६ फाल्गुण १३ मंगलबार १२:५८:००

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ स्याला जंगलमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको सानीभेरी गाउँपालिका १ पक्रैया की २९ वर्षिया शुशिला बिष्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

११ फागुनमा चौरजहारी नगरपालिका ६ घर्तिकाँडामा रहेको माइतिबाट आफ्नो घरतर्फ हिडेकी बिष्ट १२ गते बेलुका स्याला जंगलमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीेले जानकारी दिए ।

सडकदेखि १ किलोमिटर तल खोल्सामा उनको शव फेला परेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको डिएसपि केसीले बताए । घटनाको अनुसन्धान भइरहेको र मृत्युको कारण खुलि नसकेको प्रहरीले जनाएको छ ।