मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिस खुद्दार
२०७५ माघ ५ शनिबार १९:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

करेन्ट लागेर जनकपुरमा दुई जनाको मुत्यु

Read Time : < 1 मिनेट
हदिस खुद्दार
२०७५ माघ ५ शनिबार १९:४०:००

जनकपुरधाम उपमहानगरपालिकामा करेन्ट लागेर दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सिरहाका विष्णुपुर गाउँपालिका, ४ थलहाका २६ वर्षीय जगरनाथ साह र धनुषा मिथिला बिहारी नगरपालिकाका परमेश्वर मण्डल रहेका छन् । घटनामा विष्णुपुर गाउँपालिका थलहाका सूर्यनारायण ठाकुर घाइते भएका छन् ।

जग्गा व्यापारी दुवै जना जग्गा निरीक्षण गर्न जाँदै गर्दा मोटरसाइकलको लेगगार्ड करेन्ट प्रवाह भइरहेको अर्थिङ्ग तारमा टाँसेपछि मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।