मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कास्की
२०७६ फाल्गुण १३ मंगलबार ११:३२:००
Read Time : < 1 मिनेट
अर्थ

भ्रमण वर्षको सन्दर्भमा कला प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ फाल्गुण १३ मंगलबार ११:३२:००

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यटकीय नगरी पोखरामा भिजिट नेपाल कला प्रदर्शनी सम्पन्न भएको छ ।

कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको भ्रमण वर्ष कार्यक्रम सफल पार्न र प्रचार प्रसारमा सहयोग पुर्याउन पोखरामा युवाहरुले नेपाली चिनारी झल्काउने चित्रहरु समावेश गरि कला प्रदर्शनी गरेका हुन् ।

दुई दिन चलेको प्रर्दशनीमा नेपाली चिनारी झल्काउने चित्रहरु संगै अन्य कलाकृतीहरुको प्रदर्शन समेत गरिएको कार्यक्रम संयोजक रामकृष्ण भण्डारीले बताए ।
यसै गरी प्रर्दशनीमा नेपालका बारेमा तयार गरिएको विभिन्न भिडियोहरु समेत प्रर्दशन गरिएको थियो ।

भिडियोको अवलोकनपछि अवलोकनकत्र्ता र विद्यार्थीहरुमा नेपाली कला, संस्कृति बारेमा अझ धेरै बुझ्न सहयोग गरेको भण्डारीले बताए । कार्यक्रममा विभिन्न कलाकारहरुले तयार पारेको चित्रहरु प्रर्दशन गरिएको थियो ।