मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १५:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : पारसकाे विराटनगर बाहिरियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १५:३७:००

काठमाडौमा जारी एभरेष्ट प्रिमियर लिगको समुह चरणको अन्तिम खेलमा काठमाडौं किंग्स इलाभेनले विराटनगर वारियर्सलाई ५ विकेटले हराएको छ । काठमाडाैकाे जितसँगै पारस खड्काे कप्तानिमा रहेकाे विराटनगर प्रतियाेगिताबाट बाहिरिएकाे छ । 

टस जितेर काठमाडौले विराटनगरलाई ब्याटिङको निम्तो दिएको थियो । एक सय १ रनको सामान्य लक्ष्य पाएको काठमाडौंले ५ विकेट गुमाउदै १७.५ ओभरमा लक्ष्य पुरा गरेको हो ।  काठमाडौंका लागि केभिन ओब्राएनले सर्वाधित ४५ रनको योगदान गरे । यस्तै पौल शाहले २१ रन र अमित  श्रेष्ठले १४ रन जोडे। विराटनगरका लागि कप्तान पारस खड्का र रोलेफ भान डी मर्भीले समान २/२ विकेट लिए । 

यसअघि ब्याटिङ गरेकाे विराटनगरका लागि सुमित महर्जनले  २५ रन, हरि बहादुर चौहानले २२ रन र कप्तान पारस खड्काले २१ रन जाेडे । बलिङ तर्फ काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट, बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले समान २/२ विकेट लिए ।

जितसँगै काठमाडौंले क्वालिफायरमा पुगेको छ । काठमाडाैंले ५ खेलबाट ८ विकेट लिएकाे छ । फाइनल प्रवेशका लागि काठमाडौंले ललितपुरकाे सामना गर्नेछ । विराटनगरकाे हार पश्चात् चितवन टाइगर्सले प्ले अफ खेल्ने भएकाे छ । चितवनले इलिमिनेटरमा भैरहवाकाे सामना गर्नेछ  ।