मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस
२०७५ माघ ५ शनिबार १५:५६:००
Read Time : < 1 मिनेट
प्रदेश

दाङमा सवारी दुर्घटना हुँदा २४ घाइते

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ५ शनिबार १५:५६:००

दाङको तुलसीपुर, १२ मा भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस शनिबार दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर, ६ का आशा बिक र तुलसीपुर, ११ कि गीता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा २४ जना सवार रहेका थिए ।