मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गाउँ छाडेर अन्यत्र जाँदै बुर्किना फासोका नागरिक । तस्बिर : रोयटर्स
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ११ आइतबार १८:१४:००
Read Time : < 1 मिनेट
विश्व

द्वन्द्वका कारण दैनिक चार हजार विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ११ आइतबार १८:१४:००

सशस्त्र समूहको संख्या बढेसँगै बुर्किना फासोमा गाउँ छाडेर जानेको संख्या पनि बढ्दै गएको छ । उत्तरमा माली र पूर्वमा नाइजर रहेको बुर्किना फासो मात्र होइन सशस्त्र समूहको गतिविधिको प्रभाव यी तीनवटै सहेलियन देशमा बढेको छ । सुरक्षा अवस्था झन्–झन् बिग्रँदै गइरहेको छ । जसकारण विस्थापित हुनेको संख्या पनि बढिरहेको छ ।

सशस्त्र समूहद्वारा गाउँमा ढुंगा हान्ने र आक्रमण गर्नेजस्ता गतिविधि बढ्दै गएका छन् । त्यति मात्र होइन बलात्कारका घटना पनि बढ्दै गएका छन् । जसकारण स्थानीयहरू सुरक्षित स्थान खोज्दै हिँड्न बाध्य छन् । संयुक्त राष्ट्रसंघले हालै प्रकाशित गरेको तथ्यांकअनुसार बुर्किना फासोबाट दैनिक चार हजारभन्दा बढी मानिस विस्थापित हुने गरेका छन् । र, यो संख्या झन्–झन् बढ्दै गएको राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसिआर)का अनुसार द्वन्द्वका कारण बुर्किना फासोबाट एक वर्षमा सात लाख मानिस विस्थापित भएका छन् । युएनएचसिआरले गत शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो तीन सातामा मात्र एक लाख ५० हजार मानिस विस्थापित भएका छन् । सशस्त्र द्वन्द्वका कारण विस्थापित हुने मानिसको संख्या दिनदिनै बढ्दै गएकोमा राष्ट्रसंघले चिन्तासमेत व्यक्त गरेको छ ।

विस्थापित अधिकांश मानिस विभिन्न शरणार्थी शिविरमा पुगेको राष्ट्रसंघले जनाएको छ । केही क्षेत्रमा सुरक्षाका कारण जान नसकिएको पनि युएनएचसिआरले बताएको छ । राष्ट्रसंघका अनुसार सन् २०१६ देखि यी तीन देशमा भएको हिंसाबाट चार हजार मानिसको मृत्यु भइसकेको छ ।

– एजेन्सीको सहयोगमा