मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण १० शनिबार १९:५४:००
Read Time : > 6 मिनेट
फिचर

बाबु-छोरा पाइलट, आमा एयरहोस्टेज

Read Time : > 6 मिनेट
२०७६ फाल्गुण १० शनिबार १९:५४:००

कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।

तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे उनी डक्टर बनुन् । 

अभिभावकको इच्छा विपरित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ । उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् । उनी हुन् दीपु जुहार्चन । 

बाबु-आमा-छोराको उडान 
सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने, ‘ यो कोठामा पुरै हिस्ट्री छ’ । 

जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् । 

बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो । 

दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ । तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा । त्यहाँबाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए, यामप्रसाद जुहार्चन । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेपछि यमप्रसाद पाइलट तालिमका लागि अमेरिका गए ।

बाबुले पाइलट बन्ने बाटो रोज्नु पछाडिको कारणबारे दीपु अनभिज्ञ छन् । अहिले हवाई र सडकमार्गले जोडिए पनि त्यतिबेला पोखराबाट म्याग्दीको बेनी हुँदै ३–४ दिन हिँडेर मार्फा पुग्नुपथ्र्ये। त्यसैले पनि हवाइ यात्राबाट यो दुरी छोट्याउने बुवाको रहर होला जस्तो लाग्छ दीपुलाई । 

आमा सुमिली भने धरानकी हुन् । लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा कार्यरत उनी पनि पछि एयर होस्टेस भएर नेपाल वायुसेवा निगममा प्रवेश गरिन् ।  अर्थात यामप्रसाद निगममा पाइलट भए, सुमिली एयर होस्टेस भइन् । कहिले यामप्रसादले उडाएको जहाजमा सुमिली एयर होस्टेस हुन्थिन्, कहिले सुमिलीको ड्युटी परेको जहाज उडाउने पालो यामप्रसादको पर्थ्याे । मन न हो, एउटै संस्था (निगम) र उडानमा हुने लगातारको भेटले दुवैबीच प्रेम अङ्कुरायो । उनीहरू विवाह बन्धनमा बाँधिए । 

यामप्रसाद पाइलट हुँदा दीपु पोखरास्थित गण्डकी उच्च माध्यमिक विद्यालयमा पढ्थे । आमाबाबु दुबैको व्यस्तताका कारण उनलाई होस्टेल राखिएको थियो । स्कुले जीवनमा भए पनि रेडियो र टेलिभिजनमा उनको मोह धेरै नै थियो । 

कहिलेकाहीँ विमान दुर्घटनाका समाचार आउँथे र दीपु डराउँथे । आफ्ना बाबु–आमा त्यो जहाजमा रहेनछन् भन्ने जानकारी पाएपछि उनी ढुक्क बन्थे।  

बाहिरबाट हेर्नेलाई लाग्ला, बाबु–आमा दुवै उड्ययन क्षेत्रमा भएपछि बालबच्चा बेलाबेला घुम्न पाइरहन्छन् । तर यामप्रसाद र सुमिली यति व्यस्त थिए कि, दीपुले परिवारसँग खासै घुम्न पाएनन् । 

यद्यपी, गर्मी र दशैँको विदामा भने उनी घुम्न जान्थे । काठमाडौँ–पोखराको उडान परेको र बिदा पनि भएका बेला यामप्रसाद दीपुलाई काठमाडौँ लिएर आउँथे । गर्मीको बिदाभरि दीपु काठमाडौँमा रहन्थे । अनि, दशैँ बिदाका बेला बुबाले गर्ने पोखरा–जोमसोम उडानमार्फत् मार्फा फर्कन्थे ।

कहिलेकाहीँ आमा सुमिली पनि ‘क्याबिन क्रु’ का रुपमा त्यही उडानमा हुन्थिन् । त्यही उडानमा ‘क्रु मेम्बर’ का रुपमा रहेका यामप्रसाद र सुमिलीका साथीहरुले दीपुलाई काखमा राख्थे । आमासँगै काम गरेका निगमका पुराना कर्मचारी भेट हुँदा बाल्यकालको ती यात्रा सम्झाइरहन्छन् । 

पढाईमा अब्बल भएर होला, बा–आमा उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसबेला आर्थिक स्तर राम्रो भएकाहरू मात्र पाइलट पढ्छन् भन्ने सोच हावी थियो । पढेलेखेका व्यक्तिको छनोटमा पाइलट तालिम खासै पर्दैनथ्यो । 

उनी चाहिँ पाइलट नै बन्नुपर्छ भन्ने इच्छा पालेर बसेका थिए । त्यो पनि बाबुजस्तै अमेरिकामै तालिम लिएर पाइलट बन्छु भन्ने निश्चय उनले गरिसकेका थिए । जब उनले सन् २००५ को जुलाईमा प्लस टु को पढाइ सके, त्यसपछि उनी पाइलट कोर्स पुरा गर्न अमेरिका जाने योजना बनाउन थाले । 

छोराको इच्छा विपरित एमबिबिएस पढाउन आमाबाले पनि कर गरेनन् । एक्लो सन्तान उनको मन राख्दिनैप-यो ।   

तर, त्यही बेला ओसामा विन लादेन नेतृत्वको ‘अलकायदा’ ले ११ सेप्टेम्बर ९२००१० मा अमेरिकाको आर्थिक राजधानीको रुपमा चिनिएको न्यूयोर्कका ट्वीनटावरमा दुई जहाज ठोक्काएर आक्रमण ग¥यो । जसले गर्दा अमेरिकाले भिसा प्रक्रियामा कडाइ ग¥यो ।

हतपति कसैको भिसा नलाग्ने समयमा पनि दीपुले आस मारेनन् । कसैगरी अमेरिका पुगिएन भने बा–आमाको इच्छा अनुसार मेडिकल साइन्स नै पढ्ने उनको इच्छा थियो । 

 

बिहानको समय उनी मेडिकल साइन्सका लागि ‘इन्ट्रान्स’ तयारी कक्षा लिन्थे भने दिउँसो सोह्रखुट्टेस्थित एउटा बालबच्चा हेरचार गर्ने गैरसरकारी संस्थामा काम गर्थे । 

उनको जिम्मेवारी थियो, संस्थामा रहेका बालबच्चालाई लुगा लगाइदिने, खाना खुवाइदिने, खेल खेलाउने । बच्चाहरुसँग त्यहीँ खाना खाएर उनी साँझ मात्र घर फर्कन्थे । त्यहाँ ९ महिना बिताए उनले । 

‘प्लस टु’ सिध्याएर ‘ट्रान्स्क्रिप्ट’ आएको पनि पाँच महिना बितिसकेको थियो । सन् २००५ को अन्त्यसम्म पुग्दा अमेरिकी भिसा प्राप्त गर्न केही खुकुलो भयो । तर, पाइहाल्ने पक्का भने थिएन । त्यसैले, ‘ब्याक अप’ का रूपमा थियो मेडिकल तयारी । 

तर, अन्त्यमा उनले ‘रिस्क’ लिन चाहे । मेडिकलका किताब थन्काए र अमेरिकाको लागि भिसा प्रोसेस सुरु गरे । सौभाग्य, भिसा लाग्यो । उनी अमेरिका पुगे र १४ महिने तालिम सफलतापूर्वक सम्पन्न गरी फर्किए । 

नेपालमा त्यसबेला पाइलटको अभाव थियो । उड्डयनको बजारमा उनीलगायतका युवा पाइलटहरू ‘हट केक’ जस्तै थिए । निगमले पाइलटका लागि आवेदन माग्यो, उनले परीक्षा दिए । ८र९ महिनामा नतिजा, आन्तरिक तालिम लगायतका सबै प्रक्रिया पुरा गरी निगमको पाइलट नियुक्त भए, सन् २००६ को अक्टोबरमा । र, सन् २००७ मा को—पाइलटको लाइसेन्स पनि पाए । 

सानोमा बुबाको काम देखेर नै यो पेशाप्रति आफू आशक्त भएको ठान्छन् उनी । र, उनको यो निर्णय विशेष किन पनि भयो भने, निगममा नियुक्तिपछि उनले जीवनको पहिलो फ्लाइट बुबा यामप्रसादसँगै गर्न पाए ।   

सन् २००७ को अक्टोबरको महिना थियो त्यो । उनले डिएचसी ६र३०० कल साइन भएको जहाजमा थप ‘क्रु’ सदस्य भएर पहिलो पटक बुबासँग उडान भर्ने मौका पाएका थिए, त्यो पनि आफ्नै बाल्यकाल बितेको स्थान पोखरामा । 

बुबासँगको त्यो पहिलो उडानपछि प्लेन पोखरा विमानस्थलमा अवतरण ग¥यो । त्यहाँ आफन्तसँगको आत्मीय भेटघाट उनको मष्तिष्कमा अझै ताजै छ । 

त्यसपछि १५ जुन २०१८ ९१ असार २०७५० मा बुबा क्याप्टेन र आफू को पाइलट भएर उडान भर्ने मौका पाए । पछि को—पाइलटका रुपमा आमा–बुबासँगै एउटै जहाजमा रहेर उडान गर्ने मौका पनि पाए उनले । 

अहिले बाबु, आमा र छोरा तीनै जनाले एकै जहाजमा उडान भर्नु समयसँगै जुहार्चन परिवारका लागि सामान्य हुँदै गएको छ । ‘त्यतिबेला सपरिवार एउटै फ्लाइटमा पोखरा जान्थ्यौं । उतै घरमा बसिन्थ्यो’, सँगै उडेका पुराना दिन स्मरण गर्दै उनले भने । 

यसमध्ये १६ अक्टोबर २०१९ ९२९ असोज २०७६० मा भएको एउटा उडान भने यो परिवारका लागि विशेष छ । त्यो उडान राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार ९बर्मा० भ्रमणको थियो । र, यामप्रसाद, सुमिली र दीपु सो उडानमा ‘क्रु मेम्बर’ का रुपमा थिए । 

जब जहाज त्रिभुवन विमानस्थलमा अवतरण ग¥यो,  जहाजभित्रै उनको जन्मदिनको केक पनि काटियो । खासमा काममा उनी अति व्यस्त रहने भएकाले पनि दुई दिन अघिको जन्मदिन पनि उनले मनाउन पाएका थिएनन् । र, जहाजभित्रै उनको ‘बर्थ डे’ मनाइएको थियो । अर्थात् बाबुआमासँगै राष्ट्रपति भण्डारीको उडान गरेको दुई दिन अघि उनले ३२ औं वर्षमा प्रवेश गरेका थिए । 

तर यो अवसर त्यति सजिलै आएको थिएन । उनले एउटा ठूलो दुर्घटना छलेर त्यो जन्मदिन मनाउन पाएका थिए । 
 
दीपुका अनुसार, आरएनए ००१ फ्लाइट नम्बरको उक्त जहाजमा उनी ‘अल्टरनेटिभ पाइलट’ को रुपमा थिए । उनीसँगै को–पाइलटका सिटमा थिए, बाबु यामप्रसाद ।   

जहाज जब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ ग¥यो, राष्ट्रपति सवार त्यो जहाजमा झण्डैले चरा ठोक्किन पुगेको थियो । तर उनीहरू बेलैमा चनाखो नभएका भए ठूलै दुर्घटना हुन सक्थ्यो । उनले त्यो दिन सम्झिँदै भने, ‘यो कुरा राष्ट्रपति भण्डारी लगायत जहाजमा रहेका विशिष्ट व्यक्तिहरुले त्यसलाई महसुस गर्नुभएको रहेछ ।’ 

उनको भनाइमा, दुर्घटना टारेकोमा राष्ट्रपति खुसी थिइन् नै । आफू सवार जहाजमा बाबु–आमा–छोरा ‘क्रु मेम्बर’ को रुपमा रहेकोमा आश्चर्य व्यक्त गरिन्, साथै खुसी पनि भइन् ।  

दीपुले निगममा सेवा थालेको पनि १२ वर्ष पुगिसकेको छ । त्यसक्रममा उनी जुनियर को–पाइलटबाट सिनियर को– पाइलट, जुनियर क्याप्टेनबाट सिनियर क्याप्टेन, उडान सुरक्षा व्यवस्थापकबाट सहायक निर्देशक हुँदै अहिले ‘फ्लाइट अपरेसन म्यानेजर’ को जिम्मेवारीमा छन् । 

उडान अनुभव 
भनिन्छ, ‘झन्डैले बाँचे’ भन्ने घटना पाइलटको जीवनमा भइरहन्छन् । स्वभाविक रूपमा दीपुले पनि यस्ता थुप्रै घटना बेहोरेका छन् । यस्तै थुप्रै घटना मध्ये ट्वीनअटर जहाज उडाउँदा भएका दुई घटनाले अहिले पनि उनको जीउ सिरिङ्ग पार्छ ।   

को–पाइलट हुँदाको घटना हो, तुम्लिङटारबाट काठमाडौँ आउँदै थियो त्यो जहाज । आकाशमा तुवाँलो र बादल मिसिएर च्याउ आकारमा बसेको थियो । यस्तो बादलमा पानीको मात्रा बढी हुन्छ, जसले गर्दा त्यसभित्र पुगेमा जहाजलाई धेरै हल्लाउँछ । 

उनले क्याप्टेनसँग ‘बादलभित्र जहाज नछिराऊँ’ भने, उनको कुरा सुनिएन । तर, जब जहाज बादलभित्र छि¥यो, एकैछिनमा जहाज बेस्सरी हल्लिन थाल्यो । क्याप्टेन आफै पनि बेस्सरी आत्तिए । ‘अझ जहाजको सिसामा आएको असिना पानीको आवाजले मान्छे बोलेको समेत नसुनिने अवस्था सिर्जना भयो’ उनले सुनाए, ‘हुन त, जुनियर थिएँ तर मैले च्यालेन्जिङ हिसाबले क्याप्टेनलाई अवतरण गर्न लगाएँ ।’ 
उनलाई अहिले पनि लाग्छ, आफू चुप लागेर बसेको भए जहाजमा सवार सबैको अन्तिम दिन हुने थियो त्यो ।  
यस्तै एउटा सम्झनलायक घटना छ उनी क्याप्टेन हुँदाको । 
खानीडाँडाको ९खोटाङ० उडान थियो, जहाज सानो बादलभित्र छि¥यो । बादल एकछिनमा सकिएला भन्ने चालक दलका सदस्यहरुले सोचेका थिए, तर जहाजभित्र झनै अँध्यारो पो भयो । ‘बिजुली चम्किएको प्रकाशबाहेक केही नदेखिने स्थिति बन्यो, त्यसमाथि झन्डै २० मिनेट जहाजको ‘इन्टेन्स टर्बुलेन्स,’ उनले सम्झे । 

ककपिट बाहिर यात्रुको रुवाबासी सुरु भइसकेको रहेछ । 

खानीडाँडा विमानस्थलमा अवतरण गर्न सकिने अवस्था नभएपछि जहाज विराटनगर विमानस्थलमा ओर्लियो । ज्यान जोगियो भन्ने खुसीले होला, विमानस्थलमै जहाजका यात्रु लम्पसार परे र भुईं छुन पाएको खुसी धर्ति चुम्दै प्रकट गरे ।  

दीपु आजकल एयरबस उडाउँछन् । सुरक्षाका हिसाबले मात्र होइन सुविधाका हिसाबले पनि ट्वीनअटर भन्दा राम्रो छ । त्यसैले, यस्ता डरलाग्दा घटना पछिल्लो समय दोहोरिका छैनन् उनको जीवनमा । 

पाइलटको जिन्दगी न हो, जमिनमा भन्दा आकाशमा धेरै समय बित्छ । व्यस्तताकै कारण धेरै पारिवारिक जमघटमा सामेल हुन पाउँदैनन् दीपु । अझ परिवारका तीनै सदस्य जहाज बाहिर भेट हुन मुस्किलै हुन्छ । तर, आफूले रोजेको पेशा भएकाले उनले यो परिस्थितिलाई सहज रूपमा स्वीकारेका छन् । 

अविवाहित उनी आफ्नी जीवन संगिनी यो पेशाबारे समझदार होलिन् भन्नेमा पूर्ण विश्वस्त छैनन् । ‘जीवनसाथी यही क्षेत्रको रोज्नुहुन्छ कि अरु नै पेशाको रु’   भन्ने प्रश्नमा उनी कुटनीतिक पारामा प्रस्तुत भए । ‘पारिवारिक जमघट, विवाह–भोज आदिमा चाहेर पनि समय निकाल्न सक्दैनौँ, यो समस्या यो पेशा बाहिरका मान्छेले सजिलै बुझ्छन् भन्ने छैन’ उनी मुसुक्क हाँसे । र, थपे,  ‘त्यसैले, एभिएसन सेक्टरकै जीवनसाथी रोजौँ कि जस्तो लाग्छ ।’