मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण ९ शुक्रबार २१:२०:००
Read Time : < 1 मिनेट
समाचार

गुल्मीमा युवा मृत फेला, परिवारद्वारा हत्याको आशंका

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ९ शुक्रबार २१:२०:००

गुल्मी जिल्लाकाे दरबार गाउँपालिका-४ वीरबासका ३२ वर्षीय मोहन प्रसाद चुँदाली मृत फेला परेका छन् । उनकाे शव शुक्रबार बिहान घर नजिकै फेला परेका हाे । 

बिहीबार राति स्थानीय विष्णु कँडेलसँग होटलमा सँगै बसेका उनी बिहान मृत फेला परेपछि घटना थप रहस्यमय बनेको छ । अबेरसम्म विष्णु दाइलाई लिएर खाना खान आउँछु भनेर आफूलाई फोन गरेको श्रीमती सरस्वतीले बताइन् । बिहानै मोहन मृत अवस्थामा भेटिएपछि परिवार शोकमा डुबेको छ । 

‘बिहानै वडा सदस्यले कसको शव छरे भन्दै उठाउन आएपछि हेर्न पुग्यौँ' माेहनका भाउजु मिनाले भनिन्, ‘देवरकै शव देखेपछि सम्हाल्निन कठिन भयाे ।’ उनले चार वर्षदेखि बोलचाल बन्द भएकाे दाइसँग बसेर खानपिन भएको र बिहान घटना घटेकाले हत्या हुन सक्ने बताइन् ।

प्रहरीले अनुसन्धानका लागि कँडेलसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘अहिले केही भन्ने अवस्था छैन, दुई जना नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ’ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले भने, ‘परिवार बोलाएर जाहेरी लिने र शवको पोष्टमार्टम गर्न बाँकी छ ।’ मृतक माेहनकाे शव जिल्ला अस्पतालकाे शव गृहमा राखिएको छ ।