मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण ९ शुक्रबार १७:२४:००
Read Time : > 1 मिनेट
विश्व

राष्ट्रिपतीय निर्वाचनमा रसियाले अनावश्यक हस्तक्षेप गरेको अमेरिकी गुप्तचरको भनाइ 

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ९ शुक्रबार १७:२४:००

सन् २०२० को नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाले डोनाल्ड ट्रम्पलाई पुनः निर्वाचित गर्न हस्तक्षेप गरिरहेको अमेरिकी गुप्तचर निकायले बताएको छ । हाउस इन्टेलिजेन्स समितिले १३ फेबु्रअरीमा गरेको गोप्य छलफलमा रसियाको हस्तक्षेप रहेको भन्दै चेतावनी दिएको अमेरिकी मिडियाले जनाएका छन् । 

राष्ट्रपति ट्रम्पले भने डेमोक्रयाट्सहरू आफूविरुद्ध सूचनाको प्रयोग गर्ने आरोप लगाउँदै उनीहरूलाई सूचना नदिन गुप्तचर निकायलाई आग्रह गरेका छन् । उनले बिहीबार गुप्तचर विभाग प्रमुख जोसेफ मागुइरेलाई हटाएका छन् । 

ट्रम्पविरुद्ध महाभियोग लगाउन नेतृत्व गर्ने डेमोक्रयाट्स अडाम सिफसँग उनी रिसाएका छन्, जो उक्त बैठकमा सहभागी थिए । ट्रम्पलाई हाउस अफ रिप्रिजेन्टेटिभ्सले शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई अवरोध पुर्याएको आरोपमा महाभियोग लगाएको थियो । दुई हप्ताको परीक्षणपछि ट्रम्पले महाभियोगबाट सफाइ पाएका थिए । 

हाउस इन्टेलिजेन्सको ब्रिफिङमा ट्रम्पका समर्थकहरूले राष्ट्रपतिले रसियासँग कडा अडान लिएका कारण नै युरोपेली मुलुकसँगको सुरक्षा र सम्बन्ध अझ सुदृढ भएको तर्क गरेका थिए । 

ट्रम्पले चुनावी हस्तक्षेपसम्बन्धि सूचना कंग्रेसलाई दिन गुप्तचर निकायलाई रोकेका छन् । सिफले ट्विटरमा कुनै पनि किसिमको विदेशी हस्तक्षेपको खतराबारेको जानकारीका लागि गुप्तचर निकायसँग भर परेको बताएका छन् । यदि रिपोर्टहरू सत्य भए, राष्ट्रपतिले त्यसमा हस्तक्षेप गरिरहेका भए उनले वैदेशिक हस्तक्षेप रोक्ने हाम्रो प्रयासलाई कमजोर बनाईरहेका छन् । 

मागुइरे राष्ट्रिय गुप्तचर निकायको स्थायी निर्देशक हुन सक्थे तर बैठकपछि ट्रम्पले मन परिवर्तन गरेर उनलाई बर्खास्त गरेको हुन सक्ने वासिंग्टन पोस्टले उल्लेख गरेको छ । मागुइरेको ठाउँमा जर्मनीका लागि अमेरिकी राजदूत र ट्रम्पका बफादार रिचार्ड ग्रेनेल नियुक्त भएका छन् । तर ट्रम्प प्रशासनका अधिकारीले यो एउटा संयोगमात्र भएको बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । 

अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्पको अभियानलाई बढावा दिन र अमेरिकी चुनावी प्रक्रियामा अराजकता निम्त्याउन सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रसियाले हस्तक्षेप गरेको र अहिले पनि त्यही अवस्था दोहोरिन सक्ने बताएका छन् । 

डेमोक्रयाट्सले ग्रिनेलको नियुक्ति गरेकोपछि राष्ट्रपतिको आलोचनासमेत गरेको छ । ग्रिनेलले २०१६ को चुनावमा रसियन हस्तक्षेपका लागि भूमिका खेलेको र युरोपमा दक्षिणपन्थी राजननीतिज्ञको समर्थन गरेको पनि आरोप लगाएका छन् ।