१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
आनन्द कार्की गायक
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ११:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अमिताभ बच्चनले तारिफ गरेका जुँगा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ११:२९:००

मैले जुँगा राख्न थालेको ३५ वर्ष भयो । मैले गीत–संगीत सुरु गर्दा हिन्दी गजल एकदम धेरै सुन्थेँ । चर्चित थिएँ । त्यसवेला जुँगा पाल्ने फेसन चलेको थियो । त्यसवेलाका चर्चित गजल गायक पंकज उदास थिए । जो मेरो मनपर्ने गायक हुन् । उनको गायकी र जुँगाको स्टाइलले मलाई खुब छोएको थियो । म उनको फ्यान थिएँ । त्यसैले, मैले पनि जुँगा पाल्न थालेँ । पंकज उदासका धेरै गीत गाएँ । लखनउमा पढ्थेँ । प्रायः सबैले जुँगा पालेका थिए । मैले भने पंकज उदासको देखेर उनको जस्तै राखेको हुँ । 

यसबीचमा सिंगापुर, चाइना जाँदा काटेको थिएँ । किनभने, चाइनिजहरू जुँगा मन पराउँदा रहेनछन् । उनीहरू जुँगा पालेकालाई फोहोरी भन्दारहेछन्, त्यसैले काटेँ । फेरि नेपाल आएँ । साथीहरूले ‘सुहाएन, जुँगा राख्नुस्’ भन्नुभयो । म आफँैलाई पनि नसुहाएको जस्तो, उमेरभन्दा ठिटो लाग्यो । त्यसैले फेरि राख्न थालेको हुँ । पहिले अलि मोटो राख्थेँ, अहिले अलि पातलो बनाएको छु । 

भारतमा भएको मेरो गजल कार्यक्रममा आएका बच्चनले आवाजसँगै जुँगाको तारिफ गरेका थिए । उनको फर्माइसमा ‘रन्जिस हि सही’ भन्ने गीत सुनिसकेपछि नजिक आएर बच्चनले भनेका थिए, ‘आपकी मुछेजैसा आपका आवाज भी बहुत सुन्दर है ।’ 

यस क्रममा पंकज उदाससँग स्टेज पनि सेयर गर्ने मौका पाएँ । उनीसँगै गीत गाएको छु । मैले मेरो जुँगाको प्रसंग सुनाउँदा खुब खुसी हुनुभयो । उनको जुँगा मन परेका कारण त्यस्तै स्टाइलमा जुँगा राखेको सुनाउँदा मुस्कुराउनु भएको थियो । 

धेरै साथीहरूले जुँगाको तारिफ गर्छन् । बलिउडका सुपरस्टार अमिताभ बच्चनले पनि तारिफ गरेका छन् । भारतमा भएको मेरो गजल कार्यक्रममा आएका बच्चनले आवाजसँगै जुँगाको तारिफ गरेका थिए । उनको फर्माइसमा ‘रन्जिस ही सही’ भन्ने गीत सुनिसकेपछि नजिक आएर ‘आपकी मुछेजैसा आपका आवाज भी बहुत सुन्दर है’ भनेका थिए ।

यहाँ साथीभाइबीचमा पनि वेला–वेला मेरो जुँगाको चर्चा भइरहन्छ । ‘आनन्दसँगै उनको जुँगा पनि हाँस्छ’ भन्छन् । खुसी लाग्छ । अब पालिरहन्छु । काट्दिनँ, जोगाएर राख्छु । सेतो भए पनि राख्ने सोच बनाएको छु । अब त यही जुँगा पनि मेरो पहिचान हो भन्ने लाग्छ । साथीभाइले पनि ‘आनन्द कार्कीको अर्को पहिचान भनेको उनको जुँगा हो’ भन्छन् । खुसी लाग्छ । चिनियाँबाहेक कसैले पनि नराम्रो भनेको थाहा छैन ।