मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ माघ ५ शनिबार ११:२३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ट्रेन्डमा ‘मिरर इयर रिङ’

Read Time : < 1 मिनेट
२०७५ माघ ५ शनिबार ११:२३:००

झुम्का थरीथरीका हुन्छन् । साडी, कुर्ता, कुर्ती, पाइन्ट, स्कर्ट अर्थात् अनौपचारिक तथा औपचारिक पहिरनमा पनि लगाउन सकिने भएकाले अहिले बजारमा आएको झुम्कामध्ये ऐना जडित झुम्का ट्रेन्ड बनेको छ । 

बजारमा महिलाकेन्द्रित विभिन्न प्रकारका सौन्दर्य समाग्री आउने गर्छन् । सौन्दर्यसँग जोडिएको एउटा महत्वपूर्ण सामग्रीमध्ये गहना पनि एक हो । विभिन्न किसिमका गहनाले महिलाको शृंगारमा विशेष महत्व  राख्छ । पहिरनसँगै गहना मिलाएर लगाउन सके खण्डमा यसले व्यक्तित्वमा निखार ल्याउँछ । 

यसरी बजारमा आउने कैयौँ गहनामध्ये कानमा लगाउने झुम्का पनि एक हो । यी सामान्यदेखि बहुमूल्य धातुबाट निर्मित हुन्छन् । बजारमा ट्रेन्डकै रूपमा स्थापित गहनाचाहिँ प्रायः सामान्य खालको धातुबाट निर्मित नै हुन्छ । यी झुम्का मात्रै नेपालमा करोडौँको भित्रिने गरेका छन् । 

यी पनि समय र मौसमअनुसार फरक–फरक किसिमका भित्रिन्छन् । यसले फेसन बजारमा प्रभाव पारिरहेको हुन्छ । झुम्का पनि उमेर समूहअनुसार उपलब्ध हुन्छन् । अहिले भने युवतीलाई लक्षित गरेर बजारमा आएका झुम्कामध्ये ऐना जडित झुम्का ट्रेन्ड छ । यो झुम्का साडी, कुर्ता, कुर्ती, पाइन्ट, स्कर्टमा लगाउन सकिन्छ । 

अनौपचारिक तथा औपचारिक पहिरनमा लगाउन सकिने भएकाले ट्रेन्डकै रूपमा चलेको पाइन्छ । थरीथरी मूल्य र डिजाइनमा पाइने यो झुम्का जहाँसुकै उपलब्ध हुन्छ । साइज र रङ पनि रुचिअनुसार रोज्न सकिन्छ । सर्वसाधारणले समेत किन्न सक्ने र आकर्षक भएकाले यसको प्रयोग अझ बढेको छ । भारत, बंगलादेश, थाइल्यान्डलगायतका देशबाट आयातीत यो झुम्का आजभोलि धेरै युवतीहरूको कानमा झुन्डिरहेको देख्न सकिन्छ । सिल्भर कलरमा सबैभन्दा बढी देख्न सकिन्छ ।