मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण ८ बिहीबार १६:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

स्मिता दाहालको गीतमा कार्टुन क्रुको डान्स

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ८ बिहीबार १६:११:००

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन् । 

गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन्। गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जीवेश गुरुङको अभियन छ । थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेउ’मा पनि कार्टुन क्रुकै अभिनय थियो । 

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दीपक शर्माको संगीत रहेको छ। एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको छ। नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् । रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । सुटिङ कोर्डिनेटर बालकृष्ण ओलीकाे रहेको गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो । 

गीतको भिडियोको छायांकन झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरी अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए ।

भिडियाे